News Griha :: न्यूजगृह
मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
फाइल तस्बिर ।

भ्लादिभोस्तक— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले १ फेब्रुअरीभन्दा अघि भएका सम्झौताअन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा हस्ताक्षर गरेका छन् । 

शुक्रबारदेखि लागु हुने उक्त निर्देशन पत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।
 
यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रुसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा ईयूले रुसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो ।

प्रतिबन्धमा ‘ग्रुप अफ सेभेन’ (जी–७) राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २१:४५
Weather Update