
काठमाडौं— गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए।
'प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्यो। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,' उनले भने।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए।
नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए।
'यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्ने छ। जनताले उचित सेवा पाउन सकुन्। सरकारले सेवा प्रदान गर्ने क्रममा महत्त्वपूर्ण सेवा प्रदान प्रहरीले गर्ने हो,' गृहमन्त्री लेखक भने।