ओमानका विदेशमन्त्री आज काठमाडौं आउँदै, मंगलबार फर्किने

काठमाडौं— ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन्।
विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन्।
दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ।
उनी मंगलबार ओमान फर्किनेछन् ।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ ०९:३०