News Griha :: न्यूजगृह
हेटौँडामा मन्त्रीक्वार्टरमा आगलागी 

हेटौँडा— मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित मन्त्रीक्वार्टर आगलागी भएको छ। 

बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

दमकल र प्रहरीको टोलीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको भण्डारीले बताए।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २२:१३
Weather Update