महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरी— महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन्।
मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ।
शनिबार बेलुका घरबाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन। प्रहरीको अनुसार मृतकको नाकबाट रगत बगेको, तिघ्रामा चोटपटक र केही निलडामसमेत देखिएको छ।
अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ। घटनाको थप रहस्य पोष्टमार्टमपछि मात्र यकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ १०:२३