News Griha :: न्यूजगृह
रामेछाप पहिरोमा २ जनाको मृत्यु, ८ बेपत्ता, एक बालकले जोगाए ज्यान [अपडेट]

काठमाडौं— रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३  लेखर्क पहरीगाउँमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ। ८ जना बेपत्ता छन्। पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन्।

पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए। मृत्यु हुनेमा एक जना बालक रहेका छन्।

शनिबार राति भीषण वर्षापछि आएको पहिरामा टोकरपुर लेकखर्कको ४ वटा घर बगाएको प्रारम्भिक जानकारी आएको डीएसपी सिंहले बताए। पहिरोले गाउँपालिकाको २ र ३ नम्बर वडा जोडने ढाईगाउँ खोलाको पक्की पुल बगाएको छ।

पहिरो गएको गाउँ जानेबाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाइ भएको सिंहले बताए। उद्धारका लागि प्रहरी पहिरो गएको गाउँ पुगिसकेको छ। पहिराले गरेको क्षतिका बारेमा थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०७:४१
Weather Update