सङ्गीत उद्योग सङ्घमा प्रहरीको छापा, कम्प्युटर र कागजात नियन्त्रणमा

काठमाडौं— नेपाल सङ्गीत उद्योग सङ्घबाट प्रहरीले कागजात बरामद गरेको छ।
अनामनगरस्थित सङ्घको कार्यालयबाट अनुसन्धानका लागि कागजात सङ्कलन गरिएको मानव बेचविखन ब्युरोका एसएसपी ओम रानाले बताए।
रानाले भने, ‘त्यहाँका कर्मचारीकै रोहबरमा अनुसन्धानका लागि कागजात लिन टोली गएको छ।’
ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्प्युटर बरामद गरेको छ। नेपाल सङ्गीत उद्योग सङ्घका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ १३:३३