पोखराबाट काठमाडौं उडेको बुद्ध एअरको जहाज भैरहवा डाइभर्ट

पोखरा— पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एअरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ।
पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ।
बिहान ७:२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उडेको थियो। तर, काठमाडौंको मौसम खराब हुँदा करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो।
बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि १०:२० भैरहवा अवतरण भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ १३:१७