News Griha :: न्यूजगृह
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ-काठमाडौं सडक अवरुद्व

काठमाडौं— नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौंं सडक अवरुद्व भएको छ। झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। 

पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सीतापाइला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ।

ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केही समय लाग्ने प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:५४
Weather Update