News Griha :: न्यूजगृह
गौरा पर्व भदौ १० गते मनाइने

काठमाडौं— सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ।

अठोला पञ्चाङ्गका डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, 'कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ।'

अठोला पञ्चाङ्गका अनुसार भदौ ८ गते बिरुँडा पञ्चमी, ९ गते षष्ठी तिथि, बिरुँडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० गते अठेवाली अर्थात् गौरापर्व मनाइनेछ। भदौ ११ गतेपछि आआफ्नो अनुकूलता अनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:१२
Weather Update