News Griha :: न्यूजगृह
चारजना सवार मोटरसाइकल टेम्पोमा ठोक्किएर दुर्घटना, एकजनाको मृत्यु

बारा— चारजना सवार रहेको मोटरसाइकल टेम्पोमा ठोक्किएर भएको दुर्घटनामा परी बारामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा सोमबार राति नौ बजेको समयमा कलैयाबाट धर्मनगर आउँदै गरेको ना ५४ प ४७४८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पोमा ठोक्किएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१२ धर्मनगरकै २४ वर्षीय रामाकान्त पटेलको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएको उनले बताए। चार जना सवार भइ मोटरसाइकल चलाउँदा दुर्घटना भएको सापकोटाले बताए।  

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:०६
Weather Update