मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो

चितवन— चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खस्दा कारमा सामान्य क्षति पुगेको छ।
ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुङ्गा खसेको हो।
प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन।
असार २८ गते पनि सोही सडकखण्डमा यात्रुवाहक बसमाथि ढुङ्गा खस्दा चालकको मृत्यु भएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १०:२४