News Griha :: न्यूजगृह
नवलपुर, पाल्पा, चितवनमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं— पछिल्लो ६ घण्टा चितवन, नवलपुर र पाल्पामा भारी वर्षा भएको छ।

ती जिल्ला भएर बग्ने सानाठूला खोलामा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागका अनुसार पछिल्लो ६ घण्टामा नवलपुरको डन्डाबजारमा १५६.४ मिलिमिटर वर्षा भएको छ। चितवनको शक्तिखोरमा १०४.८, चितवनकै देवघाटमा १०१.८, पाल्पाको अर्चलेमा १०४.८ मिलिमिटर वर्षा भएको छ।

बाढी पूर्वानुमान महाशाखाले नारायणगढ–मुग्लिन सडक खण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्रान बहाव र पहिरोको जोखिम औंल्याएको छ। 

त्यस सडक भएर यात्रा गर्दा यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:४५
Weather Update