News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो।

सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने बहस सकिसकेका छन्। सबै पक्षको बहस सकिएपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:५२
Weather Update