हेटौंडा उपमहानगरपालिकालाई व्यवसायीले बुझाए साँचो

हेटौंडा— कर वृद्धिको विरोधमा हेटौंडामा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर प्रतिकात्मक रुपमा साँचोको डमी उपमहानगरलाई बुझाएका छन्।
आन्दोलनमा रहेका व्यवसायीले मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई शुक्रबार साँचो बुझाएका थिए।
हेटौंडाका उद्योगी व्यवसायीहरुले उपमहानगरपालिकाले अस्वभाविक ढंगले कर वृद्धि गरेको भन्दै विगत ५ दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन गर्दै आएका छन्।
यही आन्दोलनकोबीच उपमहानगरपालिकाले वार्ताका निम्ति मकवानपुर उद्योग वाणिज्य संघलाई बिहीबार पत्राचार गरेको छ।
शुक्रबार अपरान्ह उद्योग वाणिज्य संघका प्रतिनिधि र उपमहानगरपालिकाबीच वार्ता हुने उद्योग वाणिज्य संघले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१ १४:०१