बंगलादेशका पूर्व कानुनमन्त्री र शेख हसिनाका सल्लाहकार हिरासतमा
काठमाडौं— बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ।
बीबीसीका अनुसार ढाकाको न्यु मार्केट क्षेत्रका व्यवसायी शाहजहान अलीको हत्यामा संलग्न अभियोगमा दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो।
त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको हो। प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको थियो।
१६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले हत्याविरुद्ध जाहेरी दिएकी थिइन्।
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ ०७:०८