News Griha :: न्यूजगृह
बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता

काठमाडौं— प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मङ्गलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो। उनीमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणको थप गहिराइमा पुग्न सहयोग हुने अनुमान गरिएको थियो।

तर, अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन्।

तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए।
तर, आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको झाले बताएका छन्। झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:१२
Weather Update