News Griha :: न्यूजगृह
खुल्यो पृथ्वी राजमार्ग

चितवन— पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गएरातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो।

मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो। 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:०२
Weather Update