News Griha :: न्यूजगृह
रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्दा बन्द

काठमाडौं— भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लङ्घन नगर्न चेतावनी दिएको छ।

पतञ्जलि आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’ को उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो।

अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो। यस प्रकरणमा, सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गर्यो। त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको थियो। सर्वोच्च अदालतको न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दीन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो।

पतञ्जलि आयुर्वेदले बेच्ने उत्पादनबाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो। उनले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरेको थियो।

आईएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो। त्यसपछि अवहेलना सम्बन्धी कारबाही अगाडि बढेको थियो।

यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनको लागि बिना शर्त माफी मागेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:०८
Weather Update