News Griha :: न्यूजगृह
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं— सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। साउन २० गते कांग्रेस–एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लागेका हुन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। 

अहिले प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११  र नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। विपक्षमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद छन्। 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:०९
Weather Update