काठमाडौं— प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेले अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न दिएका छन्।
सभामुख घिमिरेले आकस्मिक समयमा एउटै विषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर विरोध जनाएको थियो। त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो।
अन्ततः लामो रस्साकस्सी पछि सभामुख घिमिरेले सांसद ढकाललाई बोल्ने मौका दिएका थिए।
ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महशुल बक्यौताका बारेमा धारणा राखेका थिए। ‘प्रधानमन्त्रीज्यूले जसरी विद्युत नकाट्न भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महशुल उठाउन पनि निर्देशन दिनु पर्यो,’ उनले भने।
विद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सीमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ।