News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण: बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं— जिल्ला अदालत काठमाडौंले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन्। शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले झासँग बयान लिइसकेको छ।

उनी असार १४ मा पक्राउ परेका हुन्। काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने झाले पर्साको वीरगञ्ज– ७ ठेगाना उल्लेख गरेर नागरिकता बनाएको भेटिएको छ।

उनको साथमा फेला परेको भारतीय आधार कार्डको अधिकारिकताबारे प्रहरीले भारतमा पत्राचार गरेको छ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका छन्।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १७:०२
Weather Update