News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं— नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न मिस्री आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका हुन्। 

दुईदिने नेपाल भ्रमणको लागि मिस्री आइतबार बिहान मात्र काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्।

नेपालका परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आएका हुन्।

विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि भारतबाट पहिलो भ्रमण हो।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:१७
Weather Update