News Griha :: न्यूजगृह
ब्राजिलमा विमान दुर्घटनाः जो भाग्यले बाँचे

काठमाडौं— ब्राजिलको राजधानी साओ पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। विमानमा ५७ यात्रु र चार चालक दलका सदस्य थिए। ती सबैको मृत्यु भइसकेको बीबीसीले जनाएको छ। 

टर्बोप्रप विमान ब्राजिलको दक्षिणी शहर परानाको कास्काभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि गइरहेको थियो तर, भिन्हेडो शहर नजिकै दुर्घटना भएको हो।

सामाजिक सञ्जालमा भाइरल भइरहेको फुटेजमा एटीआर ७२–५०० विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ। सन् २००७ पछि ब्राजिलमा भएको यो सबैभन्दा ठूलो विमान दुर्घटना हो। २००७ मा साओ पाउलोमा विमान दुर्घटना हुँदा १९९ जनाको मृत्यु भएको थियो। 

केही व्यक्तिहरू भने भाग्यवस बाँचेका छन्। विमानको टिकट लिएका केही यात्रुको उडान छुटेको थियो। उनीहरू बाँचेका छन्। तिनै मध्येका एक यात्रु एड्रियानो एसिस थिए।

उनले भने, 'विमान कहिले उड्ने भन्नेबारे केही जानकारी थिएन। यो कुरा बताउन काउन्टरमा कोही थिएन। तर, काउन्टरमा पुग्दा अब विमानमा चढ्न नसक्ने भनियो। विमान चढ्न नपाउँदा मैले त्यहाँ बसेका केही व्यक्तिहरूसँग बहस पनि गरेको थिएँ। तर म बाँचेकोमा भगवानलाई धन्यवाद दिन्छु।'

अर्का यात्रु जोस फेलिप पनि एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो। त्यहाँ बसेका अधिकारीसँग पनि झगडा भएको उनले बताए। तर अधिकारीहरूले उनलाई विमानमा चढ्न दिएनन्। उनले भने, 'यो एउटा डरलाग्दो अनुभव हो । म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान मात्र हौं।'

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १३:१६
Weather Update