कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।
शुक्रबार बसेको संसद् बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् ।
उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत पाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १७:५३













