News Griha :: न्यूजगृह
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन 

काठमाडौं— हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

air-dynasty-crash-1-1723043640.jpgआयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्। आयोगलाई काम सुरु भएको मितिले ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ।

बुधबार दिउँसो एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन अरुण मल्ल र चार जना चिनियाँ पर्यटकको मृत्यु भएको थियो।

air-dynasty-crash-2-1723043639.jpgचिनियाँ नागरिकको मृत्यु भएकोमा सरकारले दुख व्यक्त गर्दै मृतकका परिवार र चीन सरकारप्रति समवेदना व्यक्त गरेको छ।

air-dynasty-crash-3-1723043638.jpg

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २०:५१
Weather Update