News Griha :: न्यूजगृह
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाः मृतकको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइयो, पोस्टमार्टम भोलि

काठमाडौं— बुधबार दिउँसो एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबाट ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनास्थलबाट सुरक्षा निकायले शव सङ्कलन गरेर अस्पताल ल्याएको थियो।

deathbody-collection-1723043538.jpgत्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल चौधरीका अनुसार भोलि बिहान ८ बजेबाट पोस्टमार्टम सुरु हुनेछ ।

उनका अनुसार शव अत्यधिक जलेको भए पहिचानका लागि डीएनए टेस्ट पनि गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २०:४६
Weather Update