News Griha :: न्यूजगृह
लामिछाने भन्छन्– एमाले सांसद कोइरी बिरामी होइन, फरार अभियुक्त हो

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको बताएका छन् ।

विगतमा आफू गृहमन्त्री हुँदासमेत प्रश्न उठेको बताउँदै गर्दै प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए ।

‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो,’लामिछानेले भने,‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए ।’

‘उनको तस्बिर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई विरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यांपद श्रृङ्खला बन्द गर्नुपर्दछ’,लामिछानेले भने,‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । विरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:४६
Weather Update