News Griha :: न्यूजगृह
यी हुन् नुवाकोट हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ५ जना

काठमाडौं— नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ।हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।

एअर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा परेर ४ विदेशीसहित एक नेपालीको मृत्यु भएको हो। हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।

सवार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको पनि मृत्यु भएको छ। 

उद्धार जारी

हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ। आज दिउँसो १:५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो।

दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारीपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ। 

खोज तथा उद्धारका लागि काठमाडौंबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको छ। 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:१७
Weather Update