News Griha :: न्यूजगृह
नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना

काठमाडौं— नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एअर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो।

नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए।

एअर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए।

उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा उडेको थियो। पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो।

– अपडेट गरिएको

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:०१
Weather Update