News Griha :: न्यूजगृह
पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध 
फाइल तस्बिर।

काठमाडौं— बाढी पहिरोले देशभरका दर्जन बढी सडक अवरुद्ध भएका छन्। 

पहिरोले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्गअन्तर्गतका दर्जन बढी सडक अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ।

प्रतिकार्य शाखाका अनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका-३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएका छन्।

यस्तै, चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला, बागलुङको बागलुङ नगरपालिका-१० डब्ल्याङ, रुकुम पूर्वको सिस्ने गाउँपालिका-६ पाखागाउँ, पाल्पाको रिद्विकोट गाउँपालिका-२ जोत्ने, रोल्पाको परिवर्तन गाउँपालिका-१ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको हो। 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलगाड, रुकुम पश्चिमको मुसीकोट नगरपालिका रिमदह, सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला, कालीकोटको शुभकालिका गाउँपालिका-१ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ।  

अवरुद्ध  सडक खुलाउने प्रयास छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:२४
Weather Update