News Griha :: न्यूजगृह
रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।

शुक्रबार एक कार्यक्रममा उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए । ‘जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि’, मन्त्री किरातीले भने, ‘देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो ।’

उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने पनि बताए । मन्त्री किराँतीले जनताले ठूला राजनीतिक दलहरूलाईसच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए ।

उनले सबै राजनीतिक दल र नेताहरू गरिबीको विरुद्धमा एकजुट हुनुपर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:३७
Weather Update