कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

काठमाडौं— कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पर्सि सोमबार विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिन मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन्। कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो।
उनले गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए। तर, केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ।
कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्।
शुक्रबार कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका ४ जनाको शपथग्रहण भएको छैन। उनीहरूको शपथ आइतबार गराउने तयारी छ।
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१ १७:२७