सेनापति
सकलदर्जाको हौसला बढाउदै प्रधानसेनापति शर्मा
काठमाडौं— सकलदर्जाको हौसला बढाउदै प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई प्रधानसेनापति शर्माले शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई प्रधानसेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सैनिक नियमावली अनुसार सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ १७:०३













