सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा
-1713437358.jpg)
काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन्।
शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन्।
गत वैशाख ६ मा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी असार २० मा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका सोडारीले अल्पमतमा परेको ३०औं दिनमा राजीनामा दिएका हुन्।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १७:३०