News Griha :: न्यूजगृह
सिनामङ्गलको एक गेस्ट हाउसमा युवक र युवती मृत भेटिए 

काठमाडौं— काठमाडौं सिनामङ्गलस्थित  एक गेस्ट हाउसमा युवक र युवती मृत भेटिएका छन्।

मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु साउन १५ देखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। सोही क्रममा शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीले आएर ढोका खोलेर हेर्दा दुवै जना मृत भेटिएका हुन्  घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:५६
Weather Update