News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन, कुन मन्त्रीले के पाए?

बुटवल— लुम्बिनी  प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ।  

शुक्रबार लुम्बिनी  प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै  मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो।

वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादशाह कुर्मीले पाएका छन् भने भूमिश्वर ढकालले भौतिक पूर्वाधार मन्त्रालय, दिनेश पन्थीले  कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज  थापाले  शहरी  विकास र प्रचण्डविक्रम न्योपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै खेमबहादुर सारु स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:३५
Weather Update