News Griha :: न्यूजगृह
राष्ट्रिय परीक्षा बोर्डको सर्भरमा समस्या, यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डको सर्भरमा समस्या देखिएको छ। आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएसँगै बोर्डको वेबसाइट चल्न सकेको छैन।

उक्त समस्याले परीक्षार्थी र अभिभावकहरूले हैरानी खेपिरहेका छन्। परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा  ५२.९१ प्रतिशत उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ विद्यार्थी सबै परीक्षामा अनुपस्थित छन्।

विद्यार्थीहरूले अहिले प्रकाशित भएको नतिजा आईभीआर, एसएमएस र यूएसएसडी तथा वेबसाइट मार्फत प्राप्त गर्न सक्ने छन्। परीक्षार्थीहरूले नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार नतिजा थाहा पाउन सक्ने छन्।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:०४
Weather Update