कक्षा १२ को नतिजा सुधारोन्मुख, कति विद्यार्थीले कुन–कुन ग्रेड ल्याए?

काठमाडौं— कक्षा १२ को नतिजा सुधारोन्मुख देखिएको छ।
२०७९ सालको तुलनामा २०८० सालको नतिजामा सुधार देखिएको हो। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन्।
सबैभन्दा कम १.६१ देखि २.० जीपीएसम्म ल्याउने विद्यार्थी सङ्ख्या जम्मा १२ जना छन्।
त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८ हजार २४०, २.४१–२.८० जीपीएसम्म ल्याउने ६१ हजार ०३६, २.८१ देखि ३.२० जीपीएसम्म ल्याउने ७८ हजार ०७५, ३.२१–३.६० जीपीएसम्म ल्याउने ४६ हजार ८९३ विद्यार्थी छन्।
त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ५९१ रहेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १२:५०













