कक्षा १२ को नतिजा: चिट चोर्ने १२२ विद्यार्थीको परीक्षा रद्द, साढे १२ हजार अनुपस्थित

काठमाडौं— परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै नतिजा रद्द गरेको जनाएको हो।
रद्द गरिएका विद्यार्थीहरूको नतिजा समेत नआउने बोर्डले जनाएको छ।
त्यस्तै, बोर्डले परीक्षामा १२ हजार ६ सय ७२ जना सबै विषयको परीक्षामा अनुपस्थित रहेको जनाएको छ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १२:२९













