News Griha :: न्यूजगृह
कक्षा १२ को नतिजाः ९ हजार ५९१ विद्यार्थीले ल्याए ‘ए प्लस’

काठमाडौं— कक्षा १२ को सार्वजनिक नतिजा अनुसार ९ हजार ५९१ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस’ ल्याएका हुन्। 
यसअघि गत वर्ष २०७९ सालको नतिजा अनुसार ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका थिए। २०७८ सालको नतिजा अनुसार चार हजार १७९ विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका थिए।

विगतको तुलनामा यो वर्ष ए प्लस ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या बढेको हो। त्यस्तै समग्र नतिजामा समेत सुधार देखिएको छ। नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी पास भएका छन्। 

गत वर्ष ५१.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएका थिए। भने २०७८ सालमा ४६.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:२१
Weather Update