News Griha :: न्यूजगृह
कक्षा १२ मा एक लाख ८७ हजार विद्यार्थी फेल

काठमाडौं— कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल (नन्‌ग्रेडेड) भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन्‌ग्रेडेड आएको हो।

परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन्।

यसरी हेर्न सकिन्छ नतिजा

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:१६
Weather Update