यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्। भने ४७.०९ प्रतिशत विद्यार्थी नन्ग्रेडेड (एनजी)अनुत्तीर्ण भएका छन्।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए। तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन्।
बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो।
यसरी हेर्न सकिन्छ नतिजा

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ १२:०१













