चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् ।
शुक्रबार निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनःनिर्माणसहितको हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक– आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दै विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताए ।
‘नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
उनले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग मित्रवत र असल छिमेकी सम्बन्धको विशेषता भएको उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० १२:२४