News Griha :: न्यूजगृह
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बोर्ड बैठक बोलाइएको छ। बोर्ड बैठकले 'आजै नतिजा सार्वजनिक गर्ने' निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने छ।  

बोर्डले प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए। ३ लाख ९० हजार परीक्षार्थी थिए। ७७ वटै जिल्ला र जापानको एक समेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन्। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:१८
Weather Update