News Griha :: न्यूजगृह
मस्क र मादुरोको वाकयुद्ध: आमनेसामने लड्ने प्रस्ताव दुवैले स्वीकारे !

काठमाडौं— भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विश्वका सबैभन्दा धनी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क आमनेसामने भएका छन्। 

मादुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मस्कले लगातार उनको आलोचना गर्दै तानाशाहको संज्ञा दिइरहेका छन्।

भेनेजुएलामा चुनावी धाँधली भएको आरोप लगाएर मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै आएका छन्। मस्कले मादुरोलाई संसारको सबैभन्दा खतरनाक जेलमा पठाउने चेतावनी समेत दिएका छन्।

मस्कलाई राष्ट्रिय टेलिभिजनमा देखा पर्न र अगाडिबाट लड्न चुनौती दिएका थिए, जसलाई मस्कले स्वीकार गरेका छन्। मादुरोले यो लडाइमा हारे भने उनले राजीनामा दिनु पर्ने र जित्नुभयो भने म उसलाई मङ्गलग्रहको सित्तैमा यात्रा दिने मस्कले बताए।

मादुरोले मस्क आफ्नो हतियार र सेनाका साथ भेनेजुएलामा आक्रमण गर्न चाहेको बताउँदै उनले आफ्नो पैसा र उपग्रहले अर्जेन्टिना कब्जा गरेका छन् र अब संसारलाई नियन्त्रण गर्न चाहेको आरोप लगाउदै मस्कलाई सामुन्ने आएर लड्न चुनौती दिएका थिए। मादुरोले आफू चाभेजको सन्तान भएको बताए। उनी कसैसँग नडराउने बताएका थिए।  

मादुरोको यो चुनौती पछि मस्कले मादुरोको चुनौतीलाई स्वीकार गर्दै आफूले जित्ने दाबी गरे। साथै मस्कले लडाइँमा हारेमा पदबाट राजीनामा दिनुपर्ने शर्त राखेका छन् साथै आफूले हारेमा मादुरोलाई नि: शुल्क मङ्गलग्रह गुमाउने प्रस्ताव राखेका छन्। 

मस्कले यसअघि पनि धेरै पटक जुकरबर्गलाई लड्न चुनौती दिएपनि आमनेसामने भने भएनन्। दुवैले लडाइँको तयारी गर्दै गरेको भन्दै बक्सिङ सिकेको तस्वीर समेत सार्वजनिक गरेका थिए। 

भेनेजुएलामा चुनावी नतिजा आएपछि मस्कले प्रश्न उठाएका थिए। उनले मादुरोलाई तानाशाह भनेका थिए। यसपछि मादुरोले मस्कलाई भेनेजुएलाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका थिए।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो। चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए। तर, चुनावको नतिजा उल्टो आयो र मादुरोले तेस्रो पटक चुनाव जिते। मादुरोको जितको घोषणा पछि भेनेजुएलामा विरोध प्रदर्शन चर्किएको छ र अहिलेसम्म ११ जनाको ज्यान गएको रिपोर्टमा उल्लेख छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:५६
समसामयिक
Weather Update