कौशलटारमा आगलागी, पाँच दमकलको सहयोगमा आगो निभाइयो

भक्तपुर— गएराति भक्तपुरको कौशलटारमा लागेको आगो नियन्त्रणका लागि पाँच वटा दमकल प्रयोग भएको प्रहरीले जानकारी दिएको छ।
गएराति सवा १० बजे कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको ४ तले घरको भुईँ तलामा रहेको आल्मुनियम र फर्निचर फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको थियो।
उक्त आगो भक्तपुरको २ वटा, काठमाडौंको २ वटा र ललितपुरको एक गरी ५ दमकलको प्रयोग गरी राति पौने १२ बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
क्षतिको विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ ०९:२१













