News Griha :: न्यूजगृह
हमास नेता इस्माइल हानियाको हत्या घटनाको निन्दा गर्दै तेहरानमा र्‍याली

काठमाडौं— इरानको राजधानी तेहरानमा बुधबार हमास पोलिटब्युरो प्रमुख इस्माइल हानियाको हत्याको विरोधमा र्‍याली निकालिएको छ।

प्रदर्शनकारीहरूले इजरायली शासनको निन्दा गरेका छन्। हत्यालाई आतङ्कको निर्लज्ज कार्य भएको उनीहरूले बताएका छन्।

पश्चिमका केही स्वघोषित मानवअधिकार पक्षधरहरूको मौनता र दोहोरो मापदण्डमा आफ्नो आक्रोश व्यक्त गरेका छन्। 
प्रदर्शनकारीहरूले हानियाको मृत्युको लागि न्याय र जवाफदेहिताको माग गरेका छन्।

मङ्गलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा भाग लिन हानिया तेहरान पुगेका थिए। उनी बसेको निवासमा आक्रमण हुँदा अंगरक्षकसहित हानियाको मृत्यु भएको थियो। 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले हत्यामा इजरायलको हात रहेको आरोप लगाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:००
समसामयिक
Weather Update