News Griha :: न्यूजगृह
सुमनाको प्रधानमन्त्री ओलीलाई प्रश्न– त्रिविको नीति तथा कार्यक्रम किन रोक्नुभयो?

काठमाडौं—  पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रश्नसमेत गरेकी छन्।

श्रेष्ठले विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तयार पारेर अपनत्व समेत लिएको दस्ताबेज भएको भन्दै नीति तथा कार्यक्रम रोकेको प्रति असन्तुष्टि व्यक्त गरेकी छन्। 

उनले प्राज्ञले भन्दा राम्रो गर्नसक्छु भन्ने दम्भले नीति तथा कार्यक्रम रोकेको हो ? भन्दै प्रश्न समेत गरेकी छन्। 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:०८
Weather Update