काठमाडौं — नेपाल प्रहरीका नायब निरीक्षक (सई) कोभन्दा कम तलब पाएका बरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरकफरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो।
विनय चन्दसहितका १४ वरिष्ठ सईले पुस १६, २०८० मा र उनीहरुले नै असार १३, २०८१ मा दायर गरेका छुट्टाछुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो। जसमा उनीहरुको माग बमोजिम हुने उल्लेख गरिएको छ ।
अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ।
नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ।